Menu
Close
    • Sign Up
    • Login
      • Login for Manpower
      • Registration for Manpower
  • Home
  • Jobs
  • Articles
  • News
  • Sign Up
  • Login
    • Login for Manpower
    • Registration for Manpower
  • Home
  • Jobs
  • Articles
  • News

मलेसियाबाट म्यानपावरलाई नक्कली कागजात पठाउने ठग गिरोह सक्रिय

  • December 07, 2025
  • Source: https://madhyanhadaily.com/post/32238

 

मलेसियाबाट म्यानपावरलाई नक्कली कागजात पठाउने ठग गिरोह सक्रिय

काठमाडौं : ठगी गिरोहले मागपत्र प्रमाणीकरणका नक्कली कागजात नेपाली म्यानपावर कम्पनीलाई पठाइएको भन्दै सतर्कता अपनाउन मलेसियास्थित नेपाली राजदूतावासले आग्रह गरेको छ । नेपाली राजदूतावास मलेसियाले शुक्रबारको साप्ताहिक फेसबुक कार्यक्रममार्फत सचेत रहन आग्रह गरेको हो । 

विभिन्न व्यक्ति तथा समूहबाट दूतावासमा विभिन्न कम्पनीका नाममा ‘मागपत्र प्रमाणीकरणका लागि कागजात अनलाइन प्रणालीमा प्रविष्ट गरेको’ भनी स्क्रिनसट गरी विभिन्न व्यक्ति तथा नेपालस्थित मेनपावर व्यवसायीलाई पठाउने तथा अपलोड गरेको स्क्रिन सटलाई इडिट गरेर पठाउने गरेको पाइएको दूतावासले बताएको छ । 
मलेसिया सरकारको गृह मन्त्रालय मलेसिया केडिएनले जारी गरेको एउटै केडिएन नम्बर देखाई झुक्याउने तथा केडिएन नम्बरलाई विद्युतीय माध्यमबाट टेम्परिङ इडिट गरी विभिन्न व्यक्ति तथा संस्थालाई आर्थिक प्रलोभनमा पारेर ठगी गर्ने गरेको दूतावासको भनाइ छ । 

मागपत्र प्रमाणीकरणसम्बन्धी कागजात सम्बन्धित रोजगारदाताले नै अनलाइन प्रणालीमा प्रविष्ट गर्नुपर्नेहुन्छ । तर  अनलाइन प्रणालीको युजर नेम र पासवर्ड अनधिकृत व्यक्तिहरूको पहँुचमा पुग्न गई रोजगारदाता कम्पनीको जानकारी वा सहमतिबिना नै मागपत्रहरू अनलाइन प्रणालीमा पेस हुने गरेको पनि दूतावासले बताएको छ । 
राजदूतावासले नक्कली कागजातबाट उत्पन्न हुने जोखिमको जिम्मेवार सम्बन्धित म्यानपावर कम्पनी र रोजगारदाता नै हुने हुँदा कामदारको भर्ना प्रक्रिया अघि बढाउनुअघि एकपटक सम्पर्क गर्न आग्रह गरेको छ । राजदूतावासले मलेसियास्थित रोजगारदाताहरूबाट आवश्यक कागजातसहित पेस भएका मागपत्र नियमित रूपमा प्रमाणीकरण गरिँदै आइरहेको भन्दै आधिकारिक र वैधानिक रूपमा आउने मागपत्र प्रमाणीकरणमा भने कुनै समस्या नरहेको बताएको  छ ।  नेपालीहरूको प्रमुख गन्तव्य मुलुकका रूपमा रहेको मलेसियामा हाल करिब ४ लाख नेपाली कार्यरत छन् । 

मलेसिया नखुलेको  म्यानुफ्याक्चरिङ क्षेत्रको रोजगारीका विषयमा नेपालीको धेरै चासो छ । केही समूहले म्यानुफ्याक्चरिङ क्षेत्रको डिमान्ड एप्रुभल हुन थालेको भन्दै रकम असुली गर्न थालेपछि केही समयअघि नेपाली राजदूतावासले म्यानुफ्याक्चरिङ क्षेत्रको रोजगारी नखुलेकाले सामाजिक सञ्जालका सूचनामा भर नपर्न आग्रह गरेको थियो ।  काठमाडौंका केही म्यानपावर कम्पनीहरूले मलेसियामा म्यानुफ्याक्चरिङ क्षेत्रको रोजगारी खुल्यो भन्दै अन्तर्वार्ता गरी रकम उठाउने गरेको जानकारी पुगेपछि नेपाली राजदूतावासले सामाजिक सञ्जालमा आएका जानकारी र समाचारप्रति  विश्वास नगरी दूतावासमा सम्पर्क गर्न आग्रह गरेको थियोे । मलेसियामा सेमी कन्डक्टर भनिने विद्युत् र इलेक्ट्रोनिक्स, पेट्रोलियम, रसायन, रबर र प्लास्टिक उत्पादनहरू, खाद्य, पेय पदार्थ, र सुर्तीजन्य क्षेत्र म्यानुफ्याक्चरिङअन्तर्गत पर्छन् । ती क्षेत्रमा ठुलो संख्यामा नेपाली कामदार जाने गरेका छन् ।

  Prev

Bideshijobs.com is a concept developed to minimized the problem related with foreign jobs for Nepalese. We are the information distributer regarding the foreign employment. We collect the DoFE approved demand and relay these demand to the people of Nepal in a single place through our system... Read More

Quick Links

Search Jobs Top Job Destination Job vancancy By Industry Job vancancy by Category Top Companies Terms & Conditions Privacy & Policy

Important Links

Search Demands in DoFE Verify Demand Manpower List DoFE Nepal NAFEA

Contact Detail

Dhapasi-7, Basundhara, Kathmandu, Nepal info@bideshijobs.com Facebook Youtube
© 2026 Bideshi Jobs. All rights reserved.

Restore your forgotten password

Enter your e-mail address below, and we'll send you an e-mail allowing you to reset it.


Please contact us if you have any trouble resetting your password.

Verifying Your Request

Please wait...

Password Reset

We have sent you an e-mail. Please contact us if you do not receive it within a few minutes.

User Login As Candidate / उम्मेदवार

Candidate

Forgot Password?

Don't have account? Sign Up Now

Forgot Password?

Don't have account? Sign Up Now

Sign Up As Candidate / उम्मेदवार

Candidate / उम्मेदवार
  • * यो नेपाली नागरिकहरूका लागि मात्र हो। Only for Nepali Citizen.
  • * सबै जानकारी, ईमेल बाहेक आवश्यक छ। Except Email, all are mandatory.
तपाईं कम्तिमा ५ देशहरू छनौट गर्न सक्नुहुन्छ ।
कामहरू अलग गर्न ',' प्रयोग गर्नुहोस्। उदाहरण: Mason, Salesman, Security Guard

By clicking on 'Create Jobseeker Account' below you are agreeing to the terms and privacy of bideshijobs!


Already have an account! Sign In

By clicking on 'Create Recruiter Account' below you are agreeing to the terms and privacy of bideshijobs!


Already have an account! Sign In