Menu
Close
    • Sign Up
    • Login
      • Login for Manpower
      • Registration for Manpower
  • Home
  • Jobs
  • Articles
  • News
  • Sign Up
  • Login
    • Login for Manpower
    • Registration for Manpower
  • Home
  • Jobs
  • Articles
  • News

स्वास्थ्य परीक्षण शुल्क वृद्धिप्रति व्यवसायीको विरोध

  • December 07, 2025
  • Source: madhyanha

 

स्वास्थ्य परीक्षण शुल्क वृद्धिप्रति व्यवसायीको विरोध

काठमाडौं : वैदेशिक रोजगार व्यवसायीहरूले स्वास्थ्य परीक्षणको नाममा अस्वभाविक शुल्क वृद्धि भएको भन्दै कामदारको स्वास्थ्य परीक्षण ५ हजार रूपैयाँमा गर्ने व्यवस्था गर्न लागिएको बताएका छन् । 


दुई हप्ता अघि नेपाल स्वास्थ्य व्यवसायी महासंघ र नेपाल मेडिकल व्यवसायी संघले स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५ सयबाट ९ हजार ५ सय रुपैयाँ पु¥याएका थिए। यसबारे नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र अन्य संस्थाहरूले हालको शुल्क यथावत राखी पुरानो शुल्कमा स्वास्थ्य परीक्षण गर्न आग्रह गरेका छन् । 


तर महासंघले संघलाई समानान्तर हैसियतको गैरसरकारी संस्था भन्दै अर्को गैरसरकारी संस्थाका काममा हस्तक्षेप गर्न नसक्ने भन्दै बढेको शुल्क कार्यान्वयन हुने बताएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि थप परीक्षण गर्नुपरेको कारणले स्वास्थ्य परीक्षणको शुल्क बढेको बताएको छ ।


वैदेशिक रोजगार व्यवसायी मञ्चका वरिष्ठ उपाध्यक्ष तथा संघका निवर्तमान प्रथम उपाध्यक्ष डिकबहादुर खत्री कुमारले सरकार र स्वास्थ्य व्यवसायीको अडानपछि करिब ३ सय व्यवसायीको सहमतिमा वैदेशिक रोजगार पारदर्शी र राहतपूर्ण स्वास्थ्य संस्था खोली ५ हजार रूपैयाँमा तोकिएका सकै परीक्षण गर्ने सहमति गरेर तयारी अघि बढाएको बताए ।

उनले भने,‘वैदेशिक रोजगार व्यवसायीहरुले करोडौं लगानी गरेर गन्तब्य मुलुक र रोजगारदाताकोमा प्रत्यक्ष उपस्थिति जनाइ कठोर मेहनतले प्रवद्र्धन गरेर स्थापित गरेको वैदेशिक रोजगार श्रम बजारको महत्वलाई अन्य पक्षले अवहेलना, तुच्छीकरण र हेयको दृष्टिकोणले हेर्दै वैदेशिक रोजगार व्यवसायीले गरेको योगदानको अवमूल्यन गरिएको र त्योभन्दा सह्य नहुने निष्कर्ष निकाली वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकको स्वास्थ्य सुरक्षालाई थप प्रभावकारी, पारदर्शी र श्रमिक–मैत्री बनाउन वैदेशिक रोजगार व्यवसायीहरूले आफ्नै स्वामित्वमा अत्याधुनिक स्वास्थ्य परीक्षण संस्था खोल्ने तयारी तीव्र पारेका छौं ।’


‘स्वास्थ्य जाँचमा पारदर्शिता, रोजगारी यात्रामा सुरक्षा’ भन्ने नारासहित अघि बढाइएको उक्त योजनाले श्रमिकलाई पूर्ण राहत दिने भन्दै खत्रीले आगामी दिनमा सञ्चालनमा गरिने यस स्वास्थ्य संस्थाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयले तोक्दै आएका सम्पूर्ण मापदण्डलाई अक्षरशः पालना गर्दै पूर्ण जवाफदेही रूपमा सेवा उपलब्ध गराउने बताए । ५ हजारमा तोकिएकासहित हालसम्म प्रयोगमा नआएको मानसिक स्वास्थ्य मूल्यांकन, काउन्सिलिङ तथा देशगत मौसमअनुसारको तीन घण्टे स्वास्थ्य सजगता तालिम समेत निःशुल्क रुपमा प्रदान गर्ने पनि उनले बताए । खत्रीले वैदेशिक रोजगारमा जानुअघि गरिने स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भएका श्रमिकलाई संस्थाले उनीहरूले तिरेको शुल्क मध्यबाट घरसम्म पुग्ने यातायात खर्च प्रदान गर्दै सम्मानपूर्वक घर फर्काउनेसहित वैदेशिक रोजगारमा गइ स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भइ फर्किनुपरेका श्रमिकलाई वैदेशिक रोजगार ऐन, दफा ७२(२) अनुसार दिइने क्षतिपूर्ति पूर्णरूपमा पारदर्शी र यथाशक्य छिटो दिइ श्रमिकमा थप आर्थिक बोझ पर्न नदिने पनि दाबी गरे । स्थापना गर्ने लागिएको स्वास्थ्य संस्थाले सकेसम्म विशेषज्ञ चिकित्सकहरूको छरितो समूह गठन गरी श्रमिक गन्तव्य मुलुकका श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थासँग उच्चस्तरीय स्वास्थ्य प्राविधिक टोलीमार्फत प्रत्यक्ष समन्वय गर्ने उनले बताए । 


‘यसबाट वैदेशिक रोजगारका लागि आवश्यक स्वास्थ्य परीक्षणलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप एकीकृत र अद्यावधिक हुनेछ’ उनले भने । श्रमिक स्वास्थ्य संवेदनशील विषय भएको तर हालसम्म यसको गाम्भीर्यता नबुझि व्यवहार भएको भन्दै खत्रीले परीक्षणदेखि मनोसामाजिक सुदृढीकरणसम्मको सम्पूर्ण प्रक्रियालाई श्रमिकमैत्री, पारदर्शी र न्यायपूर्ण बनाइने दाबीसमेत गरे ।


सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि १ सय ७१ संस्था मापदण्डअनुसार भन्दै सूचीकरण गरेको छ । यसमध्ये मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ३६ वटा, साउदी अरबले १९ वटा, कतारको कतार भिसा सेन्टर, इजरायलका लागि ४ र कोरियाका लागि ३ र जापानको लागि ८ वटा मेडिकल सेन्टरले कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका छन् । 


विगत दश वर्षको अवधिमा वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क दोब्बर बनेको छ । २०७१ माघमा पुरूष कामदारको स्वास्थ्य परीक्षण शुल्क २ हजार ९ सय ४० र महिलाका लागि ३ हजार १ सय रहेकोे शुल्क ५ वर्षपछि २०७६ मा गाम्का अन्तर्गतका मेडिकलमा ६ हजार ४ सय र मलेसियाका लागि ६ हजार ५ सय र अन्य मुलुकका लागि ४ हजार ४ सय कायम भएको थियो । कामदारको स्वास्थ्य परीक्षण शुल्क भन्दा विदेशमा हुने स्वास्थ्य परीक्षणमा असफल भइ फर्केको अवस्थामा कामदारलाई क्षतिपूर्ति कसले तिर्ने ? भन्ने विषयमा वैदेशिक रोजगार व्यवसायी र मेडिकल व्यवसायीबीच फरक–फरक धारणा छ । 

  Prev
Next

Bideshijobs.com is a concept developed to minimized the problem related with foreign jobs for Nepalese. We are the information distributer regarding the foreign employment. We collect the DoFE approved demand and relay these demand to the people of Nepal in a single place through our system... Read More

Quick Links

Search Jobs Top Job Destination Job vancancy By Industry Job vancancy by Category Top Companies Terms & Conditions Privacy & Policy

Important Links

Search Demands in DoFE Verify Demand Manpower List DoFE Nepal NAFEA

Contact Detail

Dhapasi-7, Basundhara, Kathmandu, Nepal info@bideshijobs.com Facebook Youtube
© 2026 Bideshi Jobs. All rights reserved.

Restore your forgotten password

Enter your e-mail address below, and we'll send you an e-mail allowing you to reset it.


Please contact us if you have any trouble resetting your password.

Verifying Your Request

Please wait...

Password Reset

We have sent you an e-mail. Please contact us if you do not receive it within a few minutes.

User Login As Candidate / उम्मेदवार

Candidate

Forgot Password?

Don't have account? Sign Up Now

Forgot Password?

Don't have account? Sign Up Now

Sign Up As Candidate / उम्मेदवार

Candidate / उम्मेदवार
  • * यो नेपाली नागरिकहरूका लागि मात्र हो। Only for Nepali Citizen.
  • * सबै जानकारी, ईमेल बाहेक आवश्यक छ। Except Email, all are mandatory.
तपाईं कम्तिमा ५ देशहरू छनौट गर्न सक्नुहुन्छ ।
कामहरू अलग गर्न ',' प्रयोग गर्नुहोस्। उदाहरण: Mason, Salesman, Security Guard

By clicking on 'Create Jobseeker Account' below you are agreeing to the terms and privacy of bideshijobs!


Already have an account! Sign In

By clicking on 'Create Recruiter Account' below you are agreeing to the terms and privacy of bideshijobs!


Already have an account! Sign In